FAQs Complain Problems

बागमती गाउँपालिकाको संक्षिप्त परिचय

संघीय गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये साविकको प्रदेश नं ३, हालको बागमति प्रदेश अन्तर्गत मकमानपुर जिल्लामा रहेका १० स्थानीय तहहरू मध्ये सिन्धुली र मकवानपुर जिल्लाको सीमा नदी बागमतिको पश्चिम किनारामा बागमति गाउँपालिका रहेको छ ।  बागमति प्रदेशको राजधानी हेटौडाबाट सिन्धुली -उदयपुर - चतरा हुदै धरान जोडने निर्माणाधीन बैकल्पिक राजमार्गको मकवानपुर जिल्लाको अन्तिम पूर्वी विन्दुमा यो गाउँपालिका  पर्दछ ।हेटौडा बजारबाट यो गाउपालिका करीव ५० कि.मी. को दुरीमा रहेको छ ।

नेपाल सरकारको मिती २०७३ फागुन २७ गतेको निर्णयबाट स्थानीय तह पुन:संरचना गरीदा  साविक स्थानीय निकाय तर्फका ३ गा.वि.स.हरू ( राईगाउँ, फापरबारी र बेतिनी ) मिलाएर नया नामाकरण सहित गठन भएको बागमति गा.पा.को बर्तमान क्षेत्रफल ३११.७९ वर्ग किलोमिटर  रहेको छ । जम्मा ९ बटा वडामा विभाजित यो गाउँपालिकाको पूर्वमा सिन्धुली जिल्ला, उत्तरमा ललितपुर र काभेपलान्चोक जिल्ला, दक्षिणमा प्रदेश २ को रौतहट जिल्ला र पश्चिक तर्फ मकवानपुर जिल्ला कै बकैया गाउँपालिका अवस्थित छ । वि. सं. २०६८ को राष्ट्रीय जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या  ३०४२५  र घरधुरी ६४६०  रहेको छ । विभिन्न जातजाति, भाषा, धर्म ,संस्कृति मान्ने समुदायको बसोबास रहेको यो गाउँपालिका विविधता र सामाजिक सदभावको दृष्टिले नमूना मान्न् सकिन्छ।

पेशागत रूपमा यहाँका अधिकांश परिवारको जीविकोपार्जनको आधार कृषि र पशुपालन हो । यहाँ कुनै रोजगारीमूलक उद्योग तथा व्यवसाय नरहेकोले धेरै युवाहरू कृषि कार्य वाहेकको समयमा हेटौडा र काठमाण्डौँ तर्फ रोजगारीको लागि जाने गरेका छन । गाउपालिकामा विभिन्‍न किसिमका के कस्ता कति जनशक्ति बेरोजगार छन सो को लगत संकलन भई रहेकोले यस सम्वन्धि यथार्थ विवरण केही समय पछि प्रकाशित हुनेछ ।

प्रकार:

आर्थिक वर्ष: