संघीय गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये साविकको प्रदेश नं ३, हालको बागमति प्रदेश अन्तर्गत मकमानपुर जिल्लामा रहेका १० स्थानीय तहहरू मध्ये सिन्धुली र मकवानपुर जिल्लाको सीमा नदी बागमतिको पश्चिम किनारामा बागमति गाउँपालिका रहेको छ । बागमति प्रदेशको राजधानी हेटौडाबाट सिन्धुली -उदयपुर - चतरा हुदै धरान जोडने निर्माणाधीन बैकल्पिक राजमार्गको मकवानपुर जिल्लाको अन्तिम पूर्वी विन्दुमा यो गाउँपालिका पर्दछ ।हेटौडा बजारबाट यो गाउपालिका करीव ५० कि.मी. को दुरीमा रहेको छ ।