FAQs Complain Problems

तेश्रो बागमती गोल्ड कप फाल्गुन ३ गते देखी १२ गते सम्म हुने सबैमा जानकारी, गृह मन्त्री राम बहादुर थापा( बादल) ज्यू द्वारा उद्घाटन

मकवानपुर ÷ पुर्वी मकवानपुुरको बागमती गाउँपालिकामा हुने बागमती गोल्ड कप फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । आयोजक बागमती खेलकुद विकास समितिले आज खेलतालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार उद्घाटन खेलमा आयोजक फापरबारीले बागमती युवा क्लव सर्लाही सँग प्रतिस्पर्धा गर्ने छ । खेल फाल्गुन ३ गते हुनेछ । त्यस्तै, दोस्रो खेलमा फाल्गुन ४ गते न्यू डाँफे युवा क्लव र नवजागृति युवा क्लवसंग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा दश टिमको सहभागिता रहने छ । प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, संकटा युथ क्लब, हिमालयन शेर्पा, च्यासल युथ क्लब र साविक विजेता सरस्वती युवा क्लब खेल्ने संयोजक अरुण बलले जानकारी दिनु भयो । त्यस्तै मोफसलका मकवानपुर जिल्ला लिग विजेता न्यू डाँफे युवा क्लब, सिमराको नव जनजागृती, सर्लाहीको बागमती युवा क्लब, बीरगञ्ज यूनाइटेड र आयोजक टिमले प्रतिस्पर्धा गर्ने छन् ।  

प्रतियोगिता फाल्गुन १३ गतेसम्म चल्नेछ । बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा प्रतियोगितामा हुन लागेको हो । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् ।

उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन ।  प्रतियोगिताको उद्घाटन माननीय गृहमन्त्री रामबहादुर थापा (बादल) ले गर्नुहुनेछ ।  

आर्थिक वर्ष: