समाचार
आन्तरिक राजस्व कार्यालय हेटौंडा र बागमती गाउँपालिका बीच करचुक्ता अभियानका लागि सम्झौता
आज मिति २०८३/०१/०२ गते आन्तरिक राजस्व कार्यालय हेटौंडा र बागमती गाउँपालिका बीच करचुक्ता अभियानका लागि सम्झौता भऐको छ्।आन्तरिक राजस्व कार्यालय हेटौंडा र बागमती गाउँपालिका बीच करचुक्ता व्यवसाय प्रवर्द्धन तथा राजस्व संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यसम्पादन सम्झौता भएको छ।
सम्झौता मार्फत गाउँपालिका भित्र रहेका व्यवसायीहरुलाई कर प्रणालीमा आबद्ध गराउने, करचुक्ता प्रमाणपत्र प्राप्त गर्न सहजीकरण गर्ने तथा कर सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ। साथै, दर्ता नभएका व्यवसायहरुलाई करको दायरामा ल्याई राजस्व संकलन वृद्धि गर्ने लक्ष्य लिइएको छ।
सम्झौता पत्रमा बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी तथा आन्तरिक राजस्व कार्यालय हेटौंडा का प्रमुख युक्त प्रसाद सुवेदी ले हस्ताक्षर गरेका छन्।
दुबै निकायबीचको सहकार्यले स्थानीय तहमा कर प्रशासनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । त्यस्तै ब्यवसायी र ब्यक्तिगत प्यान नम्बर बनाउन हेटौडा गैरहनु पर्ने झनझट हट्ने भएको छ ।
यस सम्झौताले व्यवसायीहरुलाई करचुक्ता प्रक्रिया सहज बनाउने र पारदर्शी कर प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


