FAQs Complain Problems

बागमती गोल्डकप माघ २ देखि, पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल द्वारा खेलको उद्घाटन

बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको समेत सहभागिता हुने भएको छ ।खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र दिईने बताए । माघ २ गतेदेखि ९ गतेसम्म बागमतीको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा २५ लाख रुपैंया खर्च हुने उनले बताए ।ए डिभिजनसहित प्रदेश १, २, ३ र ४ को जिल्लाका १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब ७ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट किपर, डिफेण्डर, मिड फिल्डर लगायतलाई नगद दश हजारसहित मेडल र प्रमाणपत्र दिईने उनको भनाई छ ।बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले खेल मार्फत् मनोरञ्जनसँगै स्थानीय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाकै प्रचारप्रसार हुने भन्दै उनले खेल व्यवस्थापनमा गाउँपालिकाले बिशेष सहयोग गर्ने बताए । यसै गरी ने.क.पा कम्युनिष्ट पाटी का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल पनी सोही कार्यक्रम र गांउ पालिकोको कार्यलय नयां भवन उद्घाटनको लागी उपस्थित हुने गा.पा को  अध्यक्षले बताय।

पुष्प कमल दहाल ज्युको बाग्मती गांउपालिकामा समय तालिका 

१२ बजे :     बाग्मती गांउपालिकामा अवतरण

१२:१५ बजे :  शहिद पार्क शिमायन्स

१२:३० बजे :  गा.पा भवन उत्घाटन

१२:४५ बजे :  कार्यकर्ता भेटघाट, शान्तिपुर चर्च

१:०० बजे:    दोश्रो बाग्मती गोल्डकप उत्घाटन

३:०० बजे :   प्रस्थान 

 

आर्थिक वर्ष: