FAQs Complain Problems

बाग्मती गाउँपालिकामा नागरिकता वितरण तथा मतदाता नामावली सङकलन

मकवानपुरको बागमती गाउँपालिकामा २०७५/०७/१४ गते देखि नागरिकता वितरण तथा मतदाता नामावली सङकलन शिविर शुरु भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अास्मान तामाङले शिविरको उद्घाटन गरेको हुन् । जनतालाई जनताकै घर दैलोमा सेवा दिने उदेश्यले गाउँपालिकाको पहलमा शुरु भएको शिविरमा पहिलो दिन वडा नम्बर ६, ७ र ८ का वडावासीका लागि फापरबारीमा संचालन गरियो।उक्क्त शिविरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट खटिएको नागरिकता वितरण टोलीले सहजीकरण गरिरहेका छन् । नागरिकता प्रमाणपत्र नभएका, तर १६ वर्ष उमेर पुगेका गाँउपालिका भित्रका नागरिकलाई नागरिकता बनाउन अध्यक्ष शर्केस घलानले आग्रह गर्नुभयो । जिल्लाबाट नागरिकता लिन कार्यालय पुग्दा लाग्ने खर्च तथा प्रकृयालाई सहज बनाउँदै वडामै गएर नागरिकता वितरण गरिएको छ । नागरिकताको सेवा पाएपछि सेवाग्राही भने हर्षित भएका छन् । त्यस्तै सो शिविर १६ गते वेतिनी, १७ गते गाउँपालिकाको कार्यालय, १८ गते ३ नम्बर वडाको गढन र १९ र २० गते राईगाउँ गएर नागरिकता वितरण गर्ने कार्यतालिका रहेको छ। पहिलो दिन २१३ जनाले नागरिकता पाएका छन् भने ११३ जनाको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । त्यसै गरी २०७५/०७/१४ देखी २०७५/०७/१५ गते सम्म फापरवारी मा जम्मा ५५६ जनाले नागरिकता पाएका छन् । त्यसै गरी २०७५/०७/१६ गते बेतीनीमा १६१ जनालाई नागरिकता बितरण गरियो।

आर्थिक वर्ष: