मकवानपुर जिल्लाका तात्कालिन तिन गाउँ विकास समितिहरु (बेतिनी, फापरवारी र राईगाउँ) लाई समायोजन गरि बाग्मती गाउँपालिका गठन गरिएको हो। यस गाउँपालिकामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको
आसपास तीन चार सय वर्ष अघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. ४ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ । त्यसैगरी बेतेनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस गाउँपालिकामा
रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन भन्ने विश्वास गरिन्छ ।